भूकम्प पीडितका लागि साहारा ग्लोबल बिजनेस ग्रुपका अध्यक्ष शर्माले गरे दुई लाख सहयोग

Published on


काठमाडौ – साहारा ग्लोबल बिजनेस ग्रुप र समाजसेवी तथा युवा उद्यमी सुदर्शन शर्माले भूकम्प पीडितको लागि एक/एक लाख सहयोग गरेका छन् ।

साहारा ग्लोबल बिजनेस ग्रुपका अध्यक्ष समेत रहेका शर्माले आफ्नो व्यक्तिगत तर्फबाट एक लाख र कम्पनीको नामबाट एक लाख गरि जम्मा दुई लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।


जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको युवा उद्यमी शर्माले बताउनुभयो ।


गत शुक्रबार राती गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा मात्रै अहिलेेसम्म १ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने सयौँ घरहरूमा पूर्ण क्षति भएको छ । सयौँ परिवार घरविहिन भएर बसेका छन् भने यति खेर जाजरकोट र रूकुमपश्चिम शोकमग्न भएको छ ।


जाजरकोट भूकम्पमा परी ९३७ घरमा पूर्ण क्षति भएको छ भने २,९५४ घरमा आंशिक क्षति भएको छ । गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...