दोधारा–चाँदनी सुख्खा बन्दरगाह निमार्णको काम दुईतिन महिना भित्र अगाडि बढ्छ :रमेश लेखक

Published on

महेन्द्रनगर १३ माघ । नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकले दोधारा–चाँदनी सुख्खा बन्दरगाह निमार्णको काम दुईतिन महिना भित्र अगाडि बढ्ने बताएका छन् । शनिवार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा नेता तथा प्रमुख सचेतक लेखकले दोधारा–चाँदनी सुख्खा बन्दरगाह निमार्णको काम दुईतिन महिना भित्र अगाडि बढ्ने बताएका हुन् ।
“सुख्खा बन्दरगाह निमार्णको लागि नेपाल र भारत बिच अन्तिम सम्झौता भैसकेको अवस्था छ, डिपीआरको विषयमा पनि दुईओटै देशका बिचमा सहमती भएको छ ।” काङ्ग्रेस नेता तथा प्रमुख सचेतक रमेश लेखकले भने, “हामी अबको दुईतिन महिना भित्रै भारतको सहयोगमा टेण्डर गरेर बन्दरगाह निमार्णको कार्य अगाडि बढाउछौं ।”
यसैगरि काङ्ग्रेस नेता लेखकका अनुसार उत्तर तर्फको डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीन सम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको छ ।
“हामीले यस वर्ष कञ्चनपुर देखि डडेल्धुरा जिल्लाको जोगबुढा सम्म ट्रयाक खोल्न सफल भएका छौ, आउँदो प्रत्येक वर्ष प्रत्येक एकएक जिल्ला हुँदै महाकाली करिडोरलाई चीन सम्म जोड्ने हाम्रो योजना रहेको छ ।” लेखकले भने, ।
यसैगरि मझगाँउमा विमानस्थल सञ्चालनमा ल्याउने कुरा र महाकाली प्रादेशिक अस्पताललाई थप गुणस्तर सँगै सुविधा सम्पन्न गराउने कुरालाई समेत केन्द्रबाट अगाडि वढाएको अवस्था रहेको उनले बताए ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...