प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफ विजयी

Published on

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे ।

सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सुदूरपश्चिमका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि चन्दन रामले पाँच विकेट लिए । त्यसैगरी, भुवन कार्की तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...