बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद्

Published on

काठमाडौं । संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् । उनीहरुले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताएका छन्।

बैठकमा बोल्नुहुँदै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्नुहुँदै त्यसो गर्नु नहुने जिकिर गर्नुभयो । उहाँले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताउनु भयो । उहाँले बाँदरले अत्याधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा राख्नुभयो । संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानुन रहेको उल्लेख गर्नुहुँदै संरक्षणविदले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पार्नुभयो । यद्यपी बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उहाँले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताउनु भयो ।

त्यस्तै, बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने बताउनु भयो । अथवा बँदेललाई बच्चामै निःशुल्क रुपमा व्यक्तिहरुलाई दिन सकिने पनि भनाइ राख्नुभयो । पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द्व बढ्दै गएको भन्दै उहाँले अधिक वन्यजन्तुप्रेमी हुनुपनि आवश्यक नभएको बताउनु भयो । बैठकमा बोल्नुहुँदै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताउनु भयो । उहाँले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताउनु भयो । त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उहाँको भनाई छ । समस्या समाधानका लागि वस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘‘पोखरामा वडा अध्यक्षले बाँदरले दुःख दियो, त्यहाँ भएको रुख काट भन्नुभएछ । त्यो समाधान होइन । रुख काटेर समाधान हुँदैन । बाँदर मारेर पनि समाधान हुँदैन । बाँदर निकासी गरेर पनि समाधान हुँदैन । वन्ध्याकरण गर्नुपर्‍यो भनेर पनि भन्न थालेका छन् । त्यो पनि समाधान होइन । समाधान के हो त भन्दा जो पीडित छन्, ति पीडितहरु त्यो क्षेत्रमा पुगेर र हाम्रो अवस्था के छ, त्यो हेरेर हाम्रो सांस्कृतिक परम्पराका कुरालाई पनि ध्यान दिएर के हो त समाधान हामी समाधान यसरी हेर्न सक्नुपर्‍यो ।’’ उहाँले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकुल संशोधन गर्न आवश्यक रहेको धारणा पनि राख्नुभयो ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...