रानी जमरा सिंचाई आयोजनामा विद्युत उत्पादन सुरु

Published on

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भई लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करीब छ किलोमिटर टाढाको लम्की स्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । परीक्षणका क्रममा साढे एक मेगाबाट उत्पादन भएको विद्युत प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्वाइनको सहायताले ४.७१ मेगावाट विद्युत निरन्तर उत्पादन हुनेछ ।

२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्याएपछि निर्माणमा ढिलाई भएको हो । दुई अर्बको लागतमा विद्युत आयोजना बनेको छ । एक अर्ब पाँच करोड रुपियाँ विद्युत गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको छ । रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६-६७ सालमा सुरु भएको थियो । यसबाट शाखा नहर र नदीहरुमा तटबन्धको निर्माण कार्य जारी छ ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...