रामपुरमा कृषि इन्जिनियरिङ कलेज सञ्चालनमा आउने

Published on

काठमाडौं । कृषि तथा बन विज्ञान विश्वविद्यालय सभाको १२ औं साधारण बैठकले कृषि इन्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ। कूलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्व विद्यालयअन्तर्गत आङ्गिक कलेजको रुपमा कृषि इन्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो ।

कलेजमा स्नातक तहसम्मको अध्यापन हुनेछ । कृषि यान्त्रिकरणसम्बन्धी विभिन्न विषयमामा पढाइ हुनेछ। इन्जिनियरिङ परिषदबाट अनुमति लिएपछि पढाइ सुरु हुने कृषि संकायका डिन डा. अर्जुन श्रेष्ठले बताए । कृषि संकायअन्तरगत एग्री कल्चरल इन्जिनियरिङ पढाइ हुने निर्णय सिनेटले पास गरेको हो ,’उनले भने , ‘यो चार वर्षको हुन्छ । यसमा यान्त्रीकरण ,सिंचाइबारे पढाइ हुन्छ । इन्जिनियरिङ परिषदले स्वीकृति दिएपछि पढाइ सुरु गर्छौं। अध्यनको पाठ्यक्रम तयार भइसकेको छ। आउदो शैक्षिक सत्रबाट भर्ना खुल्ने बताइएको छ । बैठकले आर्थिक वर्ष २०७९र८० को खर्च अनुमोदन समेत गरेको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...