सेयर बजार फेरि ओरालोतिर,कारोबार रकम पनि घट्यो

Published on

काठमाडौं । सातामा तीन दिन लगातार उकालो लागेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि मंगलबारसम्म नेप्से परिसूचक निरन्तर वृद्धि भएको थियो। सेन्सेटिभ इण्डेक्स ०.८० प्रतिशतले घट्यो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ५४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। सामलिङ पावरको सेयर सर्वाधिक ९.८७ प्रतिशतले बढ्यो। यसदिन मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ५.८७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड बढि मूल्यको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चरको २६ करोड,नगदी ग्रुपको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक अन्य उपसमूहको सूचक घटेको हो। कारोबारमा आएका कम्पनीमध्ये २१५ वटाको मूल्य घट्दा २९ कम्पनीको मात्रै मूल्य बढ्यो।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...