यातायातमा अनलाइन सवारी दर्ता

Published on

काठमाडौं। नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात ब्यवस्था कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।

यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी सहज भएको छ । लुम्बिनी प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेशका यातायात कार्यालयमार्फत अनलाइन सवारी दर्ता प्रणालीबाट गर्ने निर्णय गरेपछि यातायात व्यवस्था कार्यालय बाँकेले पनि विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेको अधिकृत चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसबाट सवारी दर्ता ब्यवस्थित हुनेछ भने फाइल हराउने समस्या पनि हट्नेछ ।’ यसबाट प्रदेश नम्बर प्रदान गरिन्छ । विद्युतीय माध्यमबाट प्रदेश नम्बर भएका सवारी साधन कार्यालयबाट नवीकरण हुनेछन् ।

माघदेखि सुरु भएको अनलाइन सेवाबाट सेवा लिनेहरु सेवाग्राहीको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको कार्यालयले जनाएको छ । यसले सवारी धनीलाई कार्यालयमै पुगेर लाइन बस्नुपर्ने समस्याबाट मुक्त बनाएको छ । बिद्युतीय प्रणालीबाट घरमै बसेर पनि सवारी दर्ता हुन्छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...