३० अंकले घटेर सेयर बजार बन्द,कारोबार रकम ४ अर्बमा झर्यो

Published on

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले घटेर ३७३.९३ विन्दुमा झरेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर बढेको सूचक बुधबार आएर २१.६७ अंकले घटेर बन्द भएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। आज ४ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको हो। बुधबार ५ अर्ब २९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँमा कारोबार भयो। दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ६.१० प्रतिशतले बढ्यो। यसदिन सामलिङ पावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घट्यो। यसैगरी मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५४ करोड बढि मूल्यको सेयर कारोबार भयो। नगदी ग्रुपको र नेपाल रिइन्स्योरेन्सको १४ करोड, एनआरएन इन्फ्रास्टक्चरको र अरुण कावेलीको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। १२ वटा उपसमूहको सूचक नकारात्मक देखिदा एउटा उपसमूहको मात्रै सूचक बढ्यो। हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक २.३५ प्रतिशतले घटयो।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...