म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

Published on

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई उसैको मैदानमा ४–३ गोलले हरायो । ९० मिनेटसम्मको खेल ३–३ गोलको बराबरीमा रहँदा युनाइठेडले इन्जुरी समयमा कोबी माइनूको निर्णायक गोलका बाजी मारेको हो । युनाइटेडले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । मार्कुस रसफोर्डले खेलको पाँचौँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो ।

रास्मुस होइलुन्डले २२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । उल्भ्सका पाबिओ सराबियाले ७१औँ मिनेटमा गोल गर्नुभयो । त्यसपछि ७५औँ मिनेटमा स्कट म्याकटोमिनाले गोल गर्दै युनाइटेडलाई ३–१ गोलले अगाडि बढाउनुभयो ।

८५औँ मिनेटमा वल्भ्सका म्याक्स किलम्यानले गोल गर्दै खेललाई ३–२ गोलको अवस्थामा ल्याउनुभयो । त्यसपछि पेड्रो नेटोले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयमा कोबी माइनूले गोल गर्दै युनाइटेडलाई रोमाञ्चक जित दिलाउनुभयो ।

जितसँगै २२ खेलबाट ३५ अङ्क बनाएको युनाइटेड सातौँ स्थानमा उक्लिएको छ । पराजित उल्भस समान खेलबाट २९ अङ्क जोड्दै ११औँ स्थानमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको ५१ अङ्क तथा दोस्रो र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र आर्सनलको समान ४६ अङ्क छ । एजेन्सी

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...