वैदेशिक लगानी ल्याउन बाटो खुला

Published on

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीसहित ३ क्षेत्रमा वैदेशिक लगानी ल्याउन बाटो खुला भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन नेप्सेमा सूचीकृत, रुग्ण कम्पनीमा हुने विदेशी लगानीमा बाटो खुला गरेको हो। यसअनुसार अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले लगानी भिœयाउन चाहेका राष्ट्र बैंकको स्वीकृति लिनु पर्दैन। जसअन्तर्गत भनिएको छ, ‘केन्द्रीय बैंकले तोकेको अवस्थामा सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने छैन। सोका लागि उपविनियम (१) र (२) को प्रक्रिया पु¥याई सम्बन्धित कम्पनी वा उद्योगको खातामा विदेशी लगानी बापतको रकम जम्मा हुनेछ।

राष्ट्र बैंकले जारी गरेको विनियमावलीमा विभिन्न तीन क्षेत्रमा हुने विदेशी लगानीमा स्वीकृति नचाहिने उल्लेख गरेको छ। उक्त व्यवस्थाअनुसार अब कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीहरूको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी, धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगका लागि विदेशी लगानी भित्र्याउन पूर्व स्विकृत लिनु पर्दैन। तर यस बाहेकका अन्य क्षेत्रमा भने सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउँन वा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ। सोका लागि विदेशी लगानी हुने उद्योग/कम्पनी वा विदेशी लगानीकर्ताले तोकिएअनुसार उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेस गर्नुपर्नेछ।

सम्पूर्ण कागजातसहित निवेदन प्राप्त भएको मितिले १५ कार्यदिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनेछ। यसप्रकार केन्द्रीय बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग/कम्पनीको खातामा जम्मा गर्नेछ।

उक्त ३ क्षेत्रलाई पूर्व स्विकृति लिन नपरे पनि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, तोकिएकोख ढाँचामा एकाइमा लिखित जानकारी दिनु पर्नेछ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृतिसमेत पेस गर्नुपर्ने केन्द्रीय बैंकले बताएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...