नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षक विरुद्ध मुद्दा दायर

Published on

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पोखरास्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । पोखरा महानगरपालिका–८ स्थित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्मामाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शिक्षक शर्माले शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमाथि अनुसन्धान हुँदा शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडियट एजुकेसन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । शर्माको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...