२०८१ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक

Published on

काठमाडौं । सरकारले २०८१ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। २०८१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइएको सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित भएपछि गृहमन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो। गृहमन्त्रालयले वर्षभरि ५३ वटा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो। जसमा २७ दिन पर्व बिदा,६ वटा दिवस र २ वटा जन्मजयन्ती बिदा रहेका छन्।

जसअनुसार २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा नयाँ वर्ष,रामनवमी,उभौली पर्व,रक्षाबन्धन,श्रीकृष्ण जन्माष्टमी,दशैं,तिहार,छठ,क्रिममस डे,धान्य पूर्णिमा,तमु ल्होसार, माघी पर्व,सोनम ल्होसार,महाशिवरात्री,ग्याल्मो ल्होसार र इदमा मुलुकभरी सार्वजनिक बिदा हुने उल्लेख छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...