नेपाल वायुसेवाको आन्तरिक उडानमा विद्यार्थीलाई २५ प्रतिशतसम्म छुट

Published on

काठमाडौं । नेपाल वायुसेवा निगमले विद्यार्थीहरूका लागि आफ्ना आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट दिएको छ। निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत यात्रा खर्चमा राहत पुगोस्। भनि २५ वर्ष उमेरसम्मका विद्यार्थीहरूका लागि आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट दिँदै आएको जानकारी गराएको हो।

आज २०८० फागुन २ गते शुल्क अर्थात् वसन्त पञ्चमी यसदिन साना बालबालिकाहरूलाई अक्षराम्भ गराइने प्रचलन रहेको सन्दर्भमा नेपाल वायुसेवा निगमको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई आफ्नो यात्रा खर्चमा थोरै भएपनि राहत पुगोस् भनि २५ वर्ष उमेरसम्मका विद्यार्थीहरूका लागि निगमले आफ्नो आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौं,’विज्ञप्तिमा भनिएको छ। उक्त सुविधाको लागि विद्यार्थीले परिचयपत्र र जन्मदर्ताको प्रमाणपत्रसहित निगमको आन्तरिक टिकट बिक्री कक्षमा सम्पर्क गर्नुपर्नेछ।

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन

काठमाडौं । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन...

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...