नेपाल वायुसेवाको आन्तरिक उडानमा विद्यार्थीलाई २५ प्रतिशतसम्म छुट

Published on

काठमाडौं । नेपाल वायुसेवा निगमले विद्यार्थीहरूका लागि आफ्ना आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट दिएको छ। निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत यात्रा खर्चमा राहत पुगोस्। भनि २५ वर्ष उमेरसम्मका विद्यार्थीहरूका लागि आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट दिँदै आएको जानकारी गराएको हो।

आज २०८० फागुन २ गते शुल्क अर्थात् वसन्त पञ्चमी यसदिन साना बालबालिकाहरूलाई अक्षराम्भ गराइने प्रचलन रहेको सन्दर्भमा नेपाल वायुसेवा निगमको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई आफ्नो यात्रा खर्चमा थोरै भएपनि राहत पुगोस् भनि २५ वर्ष उमेरसम्मका विद्यार्थीहरूका लागि निगमले आफ्नो आन्तरिक उडानहरूको हवाई भाडादरमा २५ प्रतिशत छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौं,’विज्ञप्तिमा भनिएको छ। उक्त सुविधाको लागि विद्यार्थीले परिचयपत्र र जन्मदर्ताको प्रमाणपत्रसहित निगमको आन्तरिक टिकट बिक्री कक्षमा सम्पर्क गर्नुपर्नेछ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...