आर्थिक समृद्धिका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक : सभामुख

Published on

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्थाप्रति बढेको वितृष्णा अन्त्य गर्न,राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिक दलहरूबीच छलफल र सहकार्य हुनुपर्नेमा जोड दिएका हुन्।

उनले केहिको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरू र नागरिक एकतावद्ध हुनुपर्ने बताए। सभामुख घिमिरेले भर्खरै सुरु भएको संसदको हिउँदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशिल बनाएर लैजानुपर्ने धारणा राखे। उनले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयक ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने जिकिर गरे।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...