अन्तर्राष्ट्रिय म्याराथनमा मुख्यमन्त्री, प्रजिअ र प्रहरी उपरीक्षक दौडिने

Published on

काठमाडौं । पोखरामा शनिबार हुने १८औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एक हजार आठ सय ७८ धावक दौडिने पक्का पाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा लगायत १० किमी दौडमा प्रतियोगीका रूपमा सहभागी हुनुहुने भएको छ । रन फर फनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायत दौडिनु हुनेछ । म्याराथनको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

म्याराथन ४२.१९५ किमीमा एक सय ९८ जना, २१ किमी हाफ म्याराथनमा १७ जना, ५ किमी ब्याइजमा नौ सय ९० जना र सोही दूरीको महिलामा चार सय ८६ जना सहभागी हुने तय छ । यस्तै, १० किमी पुरुषमा एक सय २९ जना, साही दूरीको महिलामा २९ जना, पाँच किमी भेट्रान पुरुषमा १९ जना सोही इभेन्टमा महिलातर्फ १० जना सहभागी हुँदै छन् । विभिन्न इभेन्टमा १४ देशका धावक सहभागी हुने मञ्चले जनाएको छ ।

यस्तै, रमाइलोका लागि आयोजना हुने ‘रन फर फन’ मा करिब १० हजार सहभागी हुने अपेक्षा छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन खेल पर्यटनको विकास र खेलाडी उत्पादन दुवै दृष्टिले लाभदायी भएको उल्लेख गर्नुभयो । उहाँले अपाङ्ग र ह्विलचियर दौड भइसकेको जनाउँदै यसपालि सबै धावकमा चिप्स प्रयोग हुने जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न इमेन्टमा गरी ४१ जनालाई १८ लाख १६ हजार रुपियाँ पुरस्कारमा खर्च हुने उहाँको भनाइ छ ।

मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले वर्ल्ड एथलेटिक्स र एम्सबाट मान्यता पाएको पोखरा म्याराथनसँग तीन तहकै सरकारले सहकार्य गर्न थालेको जनाउँदै यसलाई एउटा पर्वका रूपमा मनाउनुपर्ने विचार राख्नुभयो । पोखरा रङ्गशालाबाट सुरु हुने अधिकांश इभेन्टका दौड पोखराका विभिन्न क्षेत्र हुँदै हल्लनचोकमा आएर सकिने रुट तय भएको छ । सोही कार्यक्रममा ‘दौडौँ दौडौँ दौडौँ’ बोलको पोखरा म्याराथनको गीतसमेत सार्वजनिक गरियो । आरजु विष्ट ‘सल्यानी’का शब्द रहेको यो गीतमा स्वर विनोद बानियाँले दिनुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...