सुनथराली विमानस्थलमा परीक्षण उडान

Published on

काठमाडौं । कालीकोट जिल्लाको नररहीनाथ गाउँपालिका १ कोटवाडामा निमार्ण भएको सुनथराली विमानस्थलमा परीक्षण उडान भएको छ । आज तारा एयरको विमानले सुनथराली विमानस्थलको परिक्षण उडान गरेको हो । पटक पटक औपाचारिक उद्घाटनका लागि मिति तय भएपनि स्थगित हुदै आएको उद्घाटन कार्यक्रम आगामी भोली अर्थात् सोमबार हुने पक्का भएपछि त्यसको एक दिन अघि परिक्षण उडान गरिएको हो ।

नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदिप वोहोराले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृती पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती सहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, मन्त्रीहरुका साथै प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्य सहितको टोली बिमानस्थाल उद्घाटनमा आउने भएकाले बिमानस्थलको अबस्था बुझ्न आज परिक्षण उडान भएको जानकारी दिनुभयो । सरकार प्रमुख सहितको टोली आउने भएकाले विमानस्थलको सुरक्षा अवस्था, कताबाट अवतरण गर्दा सहज र सुरक्षित हुन्छ भनेर परीक्षण गर्न तारा एयरको विमान प्राविधिक टोली सहित आएको हो । गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर बिष्टले प्राविधिकको भनाइ अनुसार विमानस्थल दबै तर्फबाट अवतरण गर्न सकिने बताउनुभयो । हामीले पहिलेदेखि चासो राखिराखेको विषय भएकाले पनि नागरिक उड्यान प्राधिकरणका इन्जिनियरहरुले पनि विमानस्थाल जनताबाट पनि अवतरण गर्न सकिने प्रतिक्रिया दिनुभएको र आज परीक्षण उडान पनि सहजै भएको बताउनुभयो । फागुन १४ गते भोली सोमबारका दिनमा कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो गरेको अध्यक्ष विष्टको भनाइ छ ।

यसअघि औपाचारिक उद्घाटनका लागि चार पटकसम्म सूचना भएर स्थगित हुँदा नागरिक अझै पनि हुन्छ की हुदैन भन्नेमा थिए । तर आज परिक्षण उडान भएकाले अब विमानस्थाल उद्घाटन हुन्छ भन्नेमा सबै विश्वस्त भएका छन् । २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको निर्णय अनुसार सुरुमा एक लाख वजेट विनियोजन गरेर निमार्ण कार्य सुरु गरेको विमानस्थल ३८ वर्ष लगाएर निमार्ण सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएको एक वर्षसम्म औपचारिक उद्घाटनको पर्खाइमा छ । यो विमानस्थाल निमार्ण गर्दा संकटकालको समय २०५८ साल फागुन महिनामा सरकारी पक्षवाट धादिङ जोगिमाराका १७ जना मजदुर सहित ३५ जनाको सामुयिक हत्या भएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...