‘प्रचण्ड’ आग्राको पेठा जस्तै मिठो हुनुहुन्छ : प्रमुख सचेतक लेखक

Published on

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रति गहृजिल्ला पुगेर व्यङ्गग्य गर्दै मिठो नेताको उपमा दिएका छन् । सोमबार नेपाली कांग्रेससितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएका प्रचण्डप्रति व्यङ्गग्य गर्दै लेखकले उनलाई आग्राको पेठाको संज्ञा दिएका हुन् ।
“ मिठो नेता हुनुहन्छ, आग्राकाको पेठा जस्तो जो खाए ओभी पस्ताए, जो ना खाए ओ भी पस्ताए ।” कञ्चनपुर उद्योग बाणिज्य संघद्धारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन समारोहमा बोल्दै नेता लेखकले भने–“ जो ले गठबन्धन गर्यो उनी पनि पस्ताउँछ, जो ले अर्को बनायो उ पनि पस्ताउँछ । जो गठबन्धन बाहिर पर्छ त्यो पनि पस्ताउछ । त्यसकारण उहाँको मिठास रहीरहोस ।”


उहाँले गठबन्धन सफलताको शुभकामना दिदै गत बर्ष कञ्चनपुर महोत्सवका क्रममा उहाँले बोल्नु भएको यहाँको विकास निर्माणका काम अगाढी बढाउनेमा विश्वास व्यक्त समेत गरे ।
“प्रचण्ड जीले यहाँका विकासका आयोजना अघि बढाउन हुन्छ भन्नेमा आशावादी छु ।”लेखकले भने–“ त्यसमा हामी सबैको सहयोग पनि रहन्छ ।”


प्रधानमन्त्री प्रचण्डले अप्रत्यासित र अविश्वनीय ढुंगले पुरानो गठबन्धन भत्काएर नयाँ बनाउन अघि बढेको बताए । नेता लेखकले ६ महिनाभित्र दोधारा चादँनीमा प्रस्तावित सुख्खाबन्दरगाहको काम अघि बढ्ने आशा लिएको बताए । सुख्खा बन्दरगाह बनाउने विषयमा भारतसित सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनिसकेको उनको भनाई थियो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...