सूर्यतारा सिमेन्ट उद्योग : पूर्वाधार निर्माणको काम अघि बढ्यो

Published on

काठमाडौं र पश्चिम सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अघि बढेको छ । चालु आर्थिक वर्षमा सङ्घ र प्रदेश सरकारको लगानीमा सडक र विद्युत् विस्तारको काम अघि बढाइएको हो ।

प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्ने भएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को स्वीकृतिका लागि मन्त्रालयमा फाइल पेस गरिएको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार इआईए स्वीकृतिको फाइल प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । सबै प्रक्रिया पूरा गरी इआईए स्वीकृतिको चरणमा रहेको भन्दै उहाँले त्यसपछि अन्य काम अघि बढाइने जानकारी दिनुभयो ।

उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका वडा नं। ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गतवर्ष नै सडक निर्माणका लागि डीपीआर निर्माण गरिसकेको छ । डीपीआर अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम यो वर्ष गरिनेछ । बजेटको स्रोत सुनिश्चितताका लागि फाइल अर्थ मन्त्रालयमा पेस गरिएको निर्देशक आचार्यले बताउनुभयो । राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गर्न लागिएको छ । सडक निर्माण गर्दा तीन हजार तीन सय ३७ रुख कटान गर्नुपर्नेछ ।

संघ र प्रदेश सरकारले उद्योगको पूर्वाधार निर्माण गर्न लागेका हुन् । सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा समेत ठुला उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने जनाएका थिए । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाइएको हो । सङ्घीय सरकारले उद्योग सञ्चालनका लागि विद्युत विस्तारको काम अघि बढाएको छ । अहिले विद्युत् विस्तार गर्न टेण्डर आह्वान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतले विद्युत विस्तारको कामका लागि टेण्डर आह्वान गरेको हो । उद्योगसम्म विद्युत् विस्तार गरिनेछ । जसका लागि सङ्घीय सरकारले पाँच करोड बजेट विनियोजन गरेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कुशे यादवले बताउनुभयो । उहाँका अनुसार एक महिना अघि टेण्डर आह्वान गरिएको छ । यस्तै, प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले समेत उद्योग सञ्चालनका लागि सहयोग गरेको छ । मन्त्रालयअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यक्रमको ३० लाख बजेटमा खानेपानीको योजना अघि बढाइएको छ । मन्त्रालयका सचिव नवीनचन्द्र अधिकारीले खानेपानी योजनाको ५० प्रतिशत काम मन्त्रालयले गर्ने बताउनुभयो । आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा काम अघि बढाउन समस्या भएको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताउनुभयो । पूर्वाधार अभावकाबिच उद्योगको काम ठप्प भएको उहाँको भनाइ छ । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको उहााले जानकारी दिनुभयो ।

१४ अर्ब लागत अनुमान
दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । १४ अर्बभन्दा बढीको लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका वडा नं। ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...