दुई करोड लगानीमा सामुदायिक पुस्तकालय

Published on

काठमाडौं । धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथर जोरपाटी ६ सिधुवा बजारमा एस।भी।ए। नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा दुई करोड १२ लाख २९ हजार रुपियाँमा तीन तले सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो ।

जसमा एस।भी।ए। नेपाल रिड नेपालको एक करोड ६२ लाख र छथर जोरपाटी गाउँपालिकाको ५० लाख २९ हजार लगानी रहने छ । सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्रमार्फत समुदायमा आधारित व्यावसायिक तथा प्राविधिक सीप विकास गर्न पुस्तकालयमा पुस्तक मात्र नभई तरकारी प्रशोधन, होमस्टे सहित विभिन्न सीपमूलक कार्यक्रम तालिम सञ्चालन गर्ने निर्माण समितिका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षमा तीन सय युवालाई स्वरोजगार बनाउने उद्देश्य छ । तीन वर्षसम्म पुस्तकालय सञ्चालन गर्न रिड नेपालले सहयोग गर्ने र तीन वर्षपछि अपाङ्गमैत्री हुने सो पुस्तकालयमा श्रव्यदृष्य कक्ष, महिला, बालबालिका तथा युवा कक्ष रहने छ । कक्ष अनुसारका फरक(फरक सामग्री समेत रहनेछन् । त्यस्तै महिला र पुरुष गरी दुई फरक(फरक सभाहल रहने जनाइएको छ । पुस्तकालय दिगोरुपमा सञ्चालन गर्न पाँच सटर समेत निर्माण गरिने घिमिरेले बताउनुभयो । गत चैत्रमा निर्माण सुरु भएको यो भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । अब केही महिना भित्रै निर्माण सम्पन्न भएर पुस्तकालय सञ्चालनमा आउने जनाइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...