धान खेतीमा ‘उन्नत प्रविधि प्रदर्शन’

Published on

काठमाडौं । कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गरेको छ । धानको व्याड राख्दादेखि नै आधुनिक प्रविधिको विषयमा किसानहरूलाई जानकारी दिँदै ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।

शिवसताक्षी नगरपालिकाको कनकाई सिँचाइ आयोजना क्षेत्रमा उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यका लागि ट्रे मा बिउ राखेर मेसिनबाट नै धान रोपाइँ सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ४ मा नगर प्रमुख रोशन थोप्रासहितको उपस्थितिमा उन्नत प्रविधि प्रदर्शनसहित धान रोपाइँ सम्पन्न भएको हो । राइस ट्रान्सप्लान्टरबाट धान रोपाइँ गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले प्रविधिको प्रयोग र आधुनिक तवरले धान खेतीका लागि नगरपालिकाले पनि विशेष कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले उन्नत प्रविधिबाट धान रोप्दा उत्पादन लागत कम भएर किसानलाई धेरै फाइदा पुग्ने देखिएको जनाउँदै यस प्रकारको प्रविधि अवलम्बन गर्न किसानलाई अनुरोध गर्नुभयो । कनकाई सिँचाइ आयोजना क्षेत्रमा जापान सरकारको सहयोगमा कृषि प्रणाली सुधारमा काम भइरहेको जनाउँदै यसका लागि स्थानीय सरकार समन्वय गर्दै अघि बढ्न तयार रहेको जनाउनुभयो । “कनकाइ सिँचाइको नहरलाई फोहोर फ्याल्ने स्थल नबनाएर निरन्तर पानी बग्ने अवस्था ल्याउन हामी लागि परेका छौ,” उहाँले भन्नुभयो ।

गौरादह नगरपालिका–९, गौरीगन्ज गाउँपालिका–१ र कमल गाउँपालिकामा चैते ५ जातको धान उन्नत प्रविधिबाट रोप्ने कृषि ज्ञान केन्द्रको योजना रहेको विष्टले जानकारी दिनुभएको छ । जिल्लाभर करिब ७० बिघा जमिनमा यस किसिमको प्रदर्शनी खेती गरिन सुरु गरेको विष्टले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...