स्रोत नखुलेको ३९ लाख सहित तीन जना पक्राउ

Published on

काठमाडौं । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका अनुसार प्रहरीले नेपालगन्जबाट श्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय अनुप थारु, बर्दियाकै पुर्णिमा थारु र नेपालगन्ज–१६ जयसपुरका हसिब जसगढलाई पक्राउ गरेको हो । एक जना नेपालगन्ज ११ का जसगढ केही रकम लिएर फरार भएकोले उनको खोजी भइरहेकोे छ । उहाँले पक्राउ परेकाहरुले सो रकम कहाँबाट के कामका लागि ल्याएका हुन् वा उक्त रकम कसको हो भन्ने बारेमा गहिरिएर अनुसन्धान गरिरहेको बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट नगद रकमसहित बैंकका विभिन्न भौचरहरु समेत बरामद गरेको छ । बरामद गरिएको रकम हुण्डि कारोबारका लागि प्रयोग गर्ने गरिएको हो कि भन्ने प्रश्नको उत्तरमा बाँकेका प्रहरी प्रमुख एसपी बोहोराले सो बारेमा अनुसन्धान भइरहेकोले अहिले नै यकिनका साथ केही भन्न नसकिने बताउनुभयो । नेपालगन्जको न्यूरोडमा एउटा सटर भाडामा लिएर पक्राउ परेका र फरारहरुले हुण्डी कारोबार गर्दै आएको आशंका भने गरिएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...