सपुतको गीतमा प्रधानमन्त्री ‘प्रचण्ड’को नृत्य

Published on

काठमाडौं । गायक प्रकाश सपुत आइतबार दिउँसो आफ्नै प्रदेश गण्डकीको राजधानी पोखरामा प्रस्तुति राख्दै हुनुहुन्थ्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममा पहिलो पटक प्रत्यक्ष गीत सुनाउन लागेको खुलाउँदै उहाँले दाहाललाई ‘पछिल्लो पुस्ताको अब्बल क्रान्तिकारी नायक’को संज्ञा दिनुभयो।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न आयोजना गरेको कार्यक्रममा सपुतले प्रधानमन्त्री दाहाल, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई स्टेजमा आमन्त्रण गर्दै नृत्य गर्न आग्रह गर्नुभयो।आग्रहपछि सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो।।।’ मा अतिथिले नृत्य गर्दा पोखरेली दर्शकसमेत नाचेका थिए। कार्यक्रममा गायक सपुतसँगै पोखरासँग सम्बन्धित गीत गाउनुभएका गायकले गीत सुनाउनुभयो।गायक प्रमोद खरेलले ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीत सुनाउनुभयो भने धर्मेन्द्र सेवानले ‘रेश फिरिरी’ सुनाएर अग्रज गन्धर्व गायकको सम्झना गराउनुभयो।

सरुभक्तको शब्द रहेको ‘हङकङ पोखरा’ गीत सुनाउँदै विवेक श्रेष्ठले गीतले देश विदेशमा भएका नेपालीलाई जोड्ने विचार राख्नुभयो।सो अवसरमा नेपाली साहित्य र भाषामा उल्लेख्य योगदान गरेकोमा प्रा।डा। मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ। कार्यक्रममा ‘पोखरा त सच्चिकैको पोखरा नै रैछ’ गीतका गायक प्रेमप्रकाश मल्ल ‘मधुकर’ र भूगोलविद् डा। हर्क गुरुङलाई समेत मरणोपरान्त सम्मान गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...