क्याप्टेन उप्रेतीको ‘भूस्वर्गका परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि महेन्द्रनगरमा विमर्श

Published on

महेन्द्रनगर । क्याप्टेन वेद उप्रेतीले हालै प्रकाशनमा ल्याएको ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि महेन्द्रनगरमा विमर्श गरिएको छ । बुधबार महेन्द्रनगरमा एक कार्यक्रमका बिच पुस्तक विमर्श गरिएको हाे । 

गत महिनाकाे २६ गते काठमाडौंमा लोकार्पण गरिएको उक्त पुस्तकमा सुदूरपश्चिमका पर्यटकीय स्थल र पर्यटनका सम्भावनाहरूलाई  शब्द चित्रमार्फत उजागर गरिएको क्याप्टेन वेद उप्रेतीले बताएका छन् ।
“आफूले पाइलटका आँखाले देखेको सुदूरपश्चिमको सुन्दरतालाई पुस्तकमार्फत व्यक्त गर्नकाे लागि पुस्तक ल्याइएको हाे ।” क्याप्टेन उप्रेतीले भने, “सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्बिर तथा ती स्थलमा विकासका लागि गर्न सकिने सम्भावनाका चित्रहरू पुस्तकमा समावेश गरिएको छन्, जसअनुसार प्रत्यक्ष रुपमा त्यस क्षेत्रकाे पर्यटन प्रचारप्रसार एवम् विकासमा पनि भुमिका निर्वाह हुनेछ ।”

सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय स्थलका सम्भावनाबारे समेत पुस्तकमा उल्लेख गरिएको उनले बताए ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...