जातीय र ‘धार्मिक द्वन्द्व हुन नदिनेगरी काम गरौँ’

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले धार्मिक र जातीय द्वन्द्व खतरनाक हुने भएकाले त्यस्तो गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

धनगढीमा अन्तरधार्मिक सदभाव सङ्घ नेपाल रुपन्देहीले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले धार्मिक सहिष्णुतासाथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक हुने बताउनुभयो । उहाँले कुनै धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिमा देशहरूले इस्लामलाई आतङ्कवादी भनेर बदनाम गरिरहेका छन्, यता कोहीले हिन्दुलाई अतिवादी आरोप लगाउनु गलत हो ।’ प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रूपमा शान्त भएको बताउँदै सधैँ शान्त राख्न सजग भएर अघि बढ्नु पर्ने बताउनुभयो । प्रदेश प्रमुख मियालाई प्रदेश प्रमुख नियुक्त भएकोमा अन्तरधार्मिक सद्भाव सङ्घका तर्फबाट सम्मान गरिएको छ । सङ्घका उपाध्यक्ष चन्दा थापाले प्रदेश प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको बताउनुभयो ।

उहाँका अनुसार सो संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन् । सो संस्था देशभर धार्मिक द्वन्द्व हुन नदिने गरी काम गर्न स्थापना भएको पनि उहाँले बताउनुभयो । रुपन्देहीका शोभाकर पौडेल, सुरेश थापा, गणेश धमिरेलगायतले प्रदेश प्रमुख मियाको नियुक्तिका लागि बधाई र कार्यकालको सफलताको शुभकामना दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...