चाँडै न्यारोबडी जहाजको मर्मत

Published on

काठमाडौं । इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ । दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको नाइन एन एकेएक्स एयर बस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतको काम जारी रहेको र अबको दुई साताभित्र नेपाल फर्किने निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “जहाज मर्मत सम्भारका लागि सम्झौता भएको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी ९आइएआई० ले सम्झौता अनुसार समयमै इन्जिन मर्मत गर्न नसक्दा लामो समयदेखि उतै ग्राउन्डेड भएको हो । केही समय पार्टपुर्जा उपलब्ध हुन नसक्दा ग्राउन्डेड रहेको उक्त जहाजमा अहिले कम्पनीले उपकरण तयार पारेर जडानको प्रक्रियामा रहेकाले अबको दुई साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ ।” आइएआईसँग भएको सम्झौता अनुसार जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिनको व्यवस्था गर्ने र बिग्रेको इन्जिन ६५ दिनभित्रै मर्मत गरेर हस्तान्तरण गर्नुपर्ने भए पनि सम्झौता अनुसार मर्मतको काम हुन नसक्दा समय लागेको उहाँले बताउनुभयो ।

पुस २६ गते इजरायल पठाउनुअघि उक्त जहाज झन्डै डेढ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो । साउन पहिलो साता इन्जिनमा समस्या आएको उक्त जहाजले असोज १३ गते इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । १० दिनपछि बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर भाडाको इन्जिन जडान गरेर नेपाल आएको उक्त जहाजको इन्जिनमा मङ्सिर १४ गते समस्या आएपछि काठमाडौँमै ग्राउन्डेड भएको थियो । मासिक दुई हजार डलर भाडामा जडान भएको भाडाको इन्जिनसहित इजरायल पुगेको जहाजको अहिले साउन पहिलो साता मर्मतका लागि छाडेर आएको इन्जिन राखेर ल्याउने तयारी भइरहेको हो । जहाजसँगै इजरायल पुगेको इन्जिन भने अझै मर्मत सुरु भएको छैन ।

इन्जिन मर्मत भएर जहाज उडानमा नआउँदा निगमले मासिक ठुलो परिमाणमा आम्दानी गुमाइरहेको छ भने अर्कोतर्फ इन्जिनको भाडाबापत निगमले मासिक दैनिक दुई हजार डलर तिर्दै आएको छ । निगमले जुन कम्पनीसँग इन्जिन मर्मतको सम्झौता गरेको थियो त्यही कम्पनीबाट भाडामा इन्जिन ल्याएर जडान गरेको थियो । ग्राउन्डेड न्यारोबडी जहाज तालिका अनुसार सञ्चालनमा आउन नसक्दा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दै आएको छ । निगमले जहाज नेपाल आइसकेपछि सम्झौता अनुसार इन्जिन समयमै उपलब्ध गराउन नसकेको, घाटा बढाएको लगायतका कारण देखाउँदै आइएआईसँग क्षतिपूर्तिको माग अघि बढाउने तयारी गरेको छ । निगम प्रवक्ता पौडेलले भने घाटा दाबीबारे निगमले अहिले कुनै निर्णय नगरेको बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...