दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

Published on

काठमाडौं । दक्षिण कोरियाली पक्षबाट ई–७ भिसामा नेपाली श्रमिक दक्षिण कोरिया पठाउने सम्बन्धमा श्रम, रोजगार मन्त्रालय भएका निर्णय र सञ्चारमाध्यममा आएका विषयप्रति चासो व्यक्त भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँगको भेटमा दक्षिण कोरिया राजदूत पार्क टाई योङ्गले यस्तो चासो व्यक्त भएको हो ।

सो अवसरमा श्रममन्त्री अर्यालले ई–७ भिसाको विषयमा अध्ययन तथा छलफल गरिरहेको एवं आफ्नो प्राथमिकता नेपाली श्रमिकको अधिक हित र सुरक्षा रहेको बताउँदै इपिएस प्रणाली र ई–७ भिसा प्रणालीलाई आबद्ध गरी नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने विषयमा राजदूतसँग जिज्ञासा राख्नुभयो । राजदूत पार्कले रोजगार अनुमति प्रणाली इपिएस (ई–( प्रणाली) र ई–७ भिसा प्रणाली फरक भएको यी दुई प्रणालीलाई आबद्ध गराउन समय लाग्ने हुँदा जुनसुकै प्रणालीबाट आफ्नो देशमा श्रमिक पठाउँदा नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भार नपरोस् भन्नेतर्फ आफू र आफ्नो देश सचेत रहेको स्पष्ट गर्नुभयो ।

तत्कालीन श्रममन्त्री शरत्सिंह भण्डारीले कोरियाको ई–७ भिसामा वैदेशिक रोजगार व्यवसायी कम्पनी ९म्यानपावर० मार्फत श्रमिक पठाउने गरी ल्याएको कार्यविधि जारी गरेको थियो । वर्तमान श्रममन्त्री अर्यालले भने उक्त कार्यविधि पुनर्मूल्याङ्कन गर्ने गरी श्रम मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति गठन भएको छ । गत फागुन ३० गते मन्त्री अर्यालले मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्नुभएको छ । समितिले दक्षिण कोरियामा इपिएस प्रणाली र ई–७ भिसा प्रणाली बिचको भिन्नताका विषयमा अध्ययन गर्ने छ । समितिको सुझावका आधारमा यसअघिका निर्णय तथा कार्यविधिहरू कार्यान्वयन हुने वा नहुने निक्र्योल गरिने मन्त्री अर्यालले बताउँदै आउनुभएको छ । सो अवसरमा इपिएस प्रणालीलाई थप व्यवस्थित गराई बढीभन्दा बढी नेपाली श्रमिक दक्षिण कोरिया लैजाने सम्बन्धमा पनि छलफल भयो । श्रममन्त्री अर्यालले दक्षिण कोरियाबाट फर्किएर पुनः परीक्षामा सहभागी भई रोस्टरमा रहेका नेपाली युवालाई प्राथमिकतामा राखी रोजगारीमा लैजाने व्यवस्था गरिदिन राजदूतसमक्ष आग्रह गर्नुभयो ।

राजदूत पार्कले कोरियामा नेपाली श्रमिक लैजाने प्रणाली सबै मुलुकको हक समान रहेको र मागको तुलनामा आपूर्ति पक्ष धेरै हुँदा व्यवस्थापनमा केही कठिनाइ परेको भन्दै दुवै पक्षबाट विद्यमान प्रणालीको समीक्षा गरेर थप सुधारका क्षेत्र पहिचान गरेर अगाडि जान कोरिया सरकार तयार रहेको बताउनुभयो । साथै राजदूत पार्कले इपिएस प्रणाली अन्तर्गत नेपालमा कार्यरत मानव संसाधन कोरियामा संलग्न कोरियाली कर्मचारीलाई उचित सहज कार्य वातावरणसहित उच्च मनोबलका साथ काम गर्ने अवस्था बनाइदिन श्रममन्त्री अर्यालसमक्ष आग्रह गर्नुभयो । मन्त्री अर्यालले कोरियाको अपेक्षा अनुसार उचित कार्य वातावरण बनाउने र सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने विश्वास दिलाउनुभयो । सो अवसरमा नेपाल र दक्षिण कोरियाबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको उपलक्ष्यमा विगतको सहकार्यको पुनः स्मरण गर्दै द्विपक्षीय सम्बन्धमा अझै उचाइमा पु¥याउने सम्बन्धमा विचार आदानप्रदान भयो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...