सहकारी र आदिवासी जनजाति विभागमा सदस्य मनोनीत कांग्रेसद्वारा

Published on

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहनुभएको आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले आज नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गर्नुभएको हो । यसैगरी सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहनुभएको सहकारी विभागको सदस्यमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाल र कृष्णप्रसाद पौडेललाई मनोनयन गर्नुभएको छ । रासस

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...