अक्षयकोष सासू आमाको स्मृतिमा

Published on

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –९ श्री मावि इमिलियामा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा अध्यापन गराउँदै आउनुभएका महिला शिक्षकले सासूआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

शिक्षक लीला सुवेदीका सासूआमा स्व। धनकुमारी भुसालको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपियाँको चेक विद्यालयमा हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाको अध्ययनमा सहयोग गर्न अक्षयकोषमा रकम सहयोग गरिएको छ । सासूआमाको स्मरण गर्दै ४५ दिनको पुण्यतिथिको अवसरमा सहयोग गरेको शिक्षक सुवेदीले बताउनुभयो । सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्दा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई विद्यालय टिकाउन सहज हुने विद्यालयका प्रअ खगेश्वर खनालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...