टर्कीको स्थानीय चुनावमा विपक्षी दलको अग्रता

Published on

काठमाडौं । टर्कीको मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीले देशको सबैभन्दा ठूलो शहर इस्तानबुल र राजधानी अंकारालगायत प्रमुख शहरहरुमा भएको स्थानीय चुनावमा ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।

प्रारम्भिक नतिजालाई उद्धृत गर्दै सरकारी निकायले यसबारेमा जानकारी दिएको हो । टर्कीको सर्वोच्च निर्वाचन परिषद्का अध्यक्ष अहमद येनरले कुल मतको ५१.२ प्रतिशत मत गणना भइसकेको र मतगणना जारी रहेको बताउनु भयो । इस्तानबुलमा ७९ प्रतिशत मतपेटिका खुलेपछि सीएचपीका तर्फबाट वर्तमान मेयर एकरेम इमामोग्लुले ५०.५३ प्रतिशत मत ल्याउनुभएको छन् भने सत्तारुढ न्याय र विकास पार्टी (एकेपी) का उम्मेदवार मुरात कुरुमले ४०.७२ प्रतिशत मत ल्याउनुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सत्तारुढ दलले २०१९ मा पछिल्लो स्थानीय चुनावमा दुवै शहरमा आफ्नो नियन्त्रण गुमाएको थियो ।

गत वर्ष मे महिनामा एर्डोगान पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँको गठबन्धनले संसदमा बहुमत सिट प्राप्त गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...