नयाँ वर्षको गन्तव्य अन्तु

Published on

काठमाडौं । इलामको पर्यटकीय स्थल अन्तुमा नयाँ वर्ष २०८१ को अवसरमा महोत्सव आयोजना गरिने भएको छ । सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध मानिने अन्तुमा आगामी चैत ३० र वैशाख १ गते विभिन्न कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाले जनाएको छ ।

वर्षैभर पर्यटक खचाखच जस्तै हुने अन्तुमा नयाँ वर्षमा पनि इलाम भित्रने पर्यटकलाई केन्द्रित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । महोत्सवमा सूर्योदय आइडलको प्रस्तुति, स्थानीय खाद्य परिकारको स्टल, शुभकामाना आदानप्रदान, विभिन्न सांस्कृतिक कार्यक्रम तय गरिएको उपप्रमुख बरालले जानकारी दिनुभयो । महोत्सवमा चर्चित कलाकारहरू यम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश–यशोदा पराजुलीसहित फुटी शेर्पा, रवि रिमाललगायतको साङ्गीतिक प्रस्तुतिसमेत राखिएको छ । विशेष गरी तराईका र पश्चिमी जिल्लाबाट अन्तुमा पर्यटक आउने गरेका छन् । भारतका विभिन्न स्थान र तेस्रो मुलुकका पर्यटकसमेत अन्तु पुग्ने गरेका छन् । अन्तुमा पर्यटकका लागि होमस्टे सञ्चालन गरिएको छ । यहाँ कटेज र सुविधासम्पन्न होटलसमेत रहेका छन् । सूर्योदय नगरपालिकाको फिक्कलनजिक छिविटारबाट १३ किलोमिटर कालोपत्रे सडक पार गरेर पुग्न सकिने अन्तुमा बर्सेनि भित्रने पर्यटकको सङ्ख्या ठुलो छ । यो चालु आर्थिक वर्षको साउनदेखि चैत १६ सम्मको तथ्याङ्क हेर्दा अन्तुडाँडामा पुगेर फर्कने पर्यटकको सङ्ख्या ६० हजार रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताउनुभयो । भट्टराईले भन्नुभयो, “यो सङ्ख्या अन्तुडाँडामा अर्थात् भ्युटावरसम्म पुग्नेको हो । कतिपय त भ्युटावर नपुगी पनि फर्कने गरेका छन् । तिनीहरूको तथ्याङ्क व्यवस्थापन गरिएको छैन ।”

अन्तु र कन्यामबाट नगरपालिकालाई वार्षिक करिब एक करोड रुपियाँ राजस्व आम्दानी हुने गरेको भट्टराईले जानकारी दिनुभयो । भट्टराईले भन्नुभयो, “अन्तुको भ्युटावरको टिकट, अन्तु पोखरीमा डुङ्गा सयर, कन्याममा राखिएका स्टलहरू आदिबाट यो आम्दानी हुने गरेको छ । यो नगरपालिका आफैँले उठाउँछ । अन्तु पुग्ने पर्यटकले सूर्योदयको दृश्यावलोकन, अन्तु पोखरीमा डुङ्गा सयर, अन्तुडाँडाबाट विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । अन्तुमा चराको अध्ययनमा पनि अध्ययनकर्ता आउने गरेको बताइएको छ । नयाँ वर्षमा अयोजना गरिने महोत्सवमा पनि यहाँ रहेका ६६ वटा होमस्टे, निजी ढङ्गले चलेका होटल र कटेजहरूमा समेत गरेर पाँच हजार जनाले रात बिताउन सक्ने गरी व्यवस्थापनको तयारी गरेको नगरपालिकाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...