सांसद र कर्मचारीको सङ्ख्या घटाउनु पर्छ : चन्द्र भण्डारी

Published on

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले देशको उन्नति र विकासका लागि सांसद र कर्मचारीको सङ्ख्या आधा घटाउनुपर्ने बताउनुभएको छ । नेता भण्डारीले नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आइतबार विशान बुटवलमा आयोजित पत्रकार भेटघाटमा देशको ढुकुटीको अधिकांश हिस्सा सांसद र कर्मचारीको तलब सुविधामै खर्च हुने हुँदा विकासको कामले गति लिन नसकेको बताउनुभयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्ने र राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्ने व्यवस्था हुनुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो । नेता भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा सीमित गरेपछि मात्र देशको ढुकुटी विकासको काममा खर्च हुने बताउनुभयो ।

उहाँले अहिलेको ढाँचा र सङ्गठनमा रहेको स्थानीय तह ठिक रहेकाले त्यसलाई घटाउन नहुने बताउनुभयो । नेता भण्डारीले समानुपातिक प्रणालीमा अब नेता मात्रै होइन विज्ञलाई पनि स्थान दिनुपर्नेमा जोड दिनुभयो । नेता भण्डारीले कांग्रेसको अबको महाधिवेशनबाट आफू पार्टी सभापति बन्ने दाबी गर्नुभयो । उहाँले सांसदलाई तलब खुवाउन सवारीसाधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको दाबी गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...