नेपाल हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै

Published on

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोज्नुभएको हो ।

एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ । नेपालको एसिया कप खेल्न सपना संयुक्त अरव इमिरेट्स (युएई) ले चकनाचुर बनाएको थियो । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । हङकङ पनि घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएपछि एसिया कपबाट बाहिरिएको थियो । यस प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा भिडिसकेका छन् । नेपालले समूह चरणको खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...