सम्झौता सकियो, निर्माण अधुरै

Published on

काठमाडौं । वीरेन्द्रनगरमा निर्माणाधीन दुई वटा सरकारी भवन अधुरै छन् । सम्झौता अवधि सकिए पनि भवन निर्माण कार्य सकिएको छैन ।

प्रदेश आयुर्वेद औषधालयको भवन निर्माण अवधि २०८० चैत २१ गते सकियो । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम अधुरै छ । निर्माणकार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । सङ्घीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो । निर्माणकार्य सुरु गरिएको साढे दुई वर्षमा ३० प्रतिशत मात्र भौतिक प्रगति हासिल भएको छ । सम्झौता अनुसार २०८० चैत २१ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म भवनको पहिलो तलाको ढलानसमेत भएको छैन । १५ शैय्याबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा एक तला पनि ढलान हुन नसकेको आयुर्वेद औषधालयका प्रमुख डा। शंकरप्रसाद रिजालले बताउनुभयो ।

निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणकार्य समयमा हुन नसकेको उहाँको भनाइ छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा। रिजाल बताउनुहुन्छ । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको भन्दै उहाँले म्याद थपिरहने तर काम नगर्ने ठेकेदारलाई कालोसूचिमा राख्नुपर्ने जनाउनुभयो । लामो समयसम्म पनि भवन निर्माणले पूर्णता नपाउँदा सेवा प्रवाहमा समस्या परेको रिजालको भनाइ छ । सेवा विस्तार भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा समस्या हुनेगरेको छ । यस्तै, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणकार्य पनि अधुरै छ । सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपरस्ट्रार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि पटक–पटक म्याद भइरहेको छ । पछिल्लो पटक २०८० असोजमा म्याद सकिएको हो । अहिलेसम्म पुनः म्याद थप गरिएको छैन ।

भवनको सम्झौता अवधि सकिएको भए पनि भवन निर्माण अधुरै रहेको कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा। शक्तिप्रसाद सुवेदीले बताउनुभयो । भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । मासिक ४० हजार तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगञ्जमा स्ट्रोर गर्ने गरिएको छ । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधि भण्डारण गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीको ढिलाइले गर्दा भवन निर्माण कार्य अधुरै रहेको छ । औषधी भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधि मात्र केन्द्रमा ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो ।

म्याद थपको तयारी

एउटै निर्माण कम्पनीले दुई सरकारी भवन अलपत्र अवस्थामा पु र्‍याएको छ । जिम्मेवार निकाय र ठेकेदारको लापरबाहीले भवन निर्माण कार्य अधुरै बनेको हो । दुई वटै सरकारी भवन निर्माणका लागि म्याद थप गर्न सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतमा निवेदन पेश गरिएको छ । यता कार्यालयले भने कार्य प्रगतिको आधारमा मात्र म्याद थप गरिने जनाएको छ । कार्यालय प्रमुख रामकृष्ण आचार्यले दुई वटै भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी एउटै भएको बताउनुभयो । उहाँले कार्यालयमा म्याद थपका लागि निवेदन पेस गरिएको भन्दै अन्तिम पटक म्याद थप गर्न सकिने जानकारी दिनुभयो । सार्वजनिक खरिद ऐन २०६३ को १३औँ संशोधनको प्रावधानले म्याद थपको बाटो खुल्ला गरेको भन्दै उहाँले अन्तिम पटक म्याद थपिने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...