नासाको अध्ययनले पृथ्वीका नदीको नयाँ विश्वव्यापी लेखाजोखा प्रदान गर्ने

Published on

काठमाडौं । नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । यो पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो ।

दक्षिणी क्यालिफोर्नियामा नासाको ‘जेट प्रोपल्सन प्रयोगशाला’ का अन्वेषकहरूले नयाँ विधि प्रयोग गरे । प्रयोगले ‘स्ट्रिम–गेज’ मापनलाई विश्वभरका करिब ३० लाख नदी खण्डहरूको कम्प्युटर मोडेलहरूसँग जोडेको छ । स्ट्रिम गेज स्ट्रिममा पानीको स्तरको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो । नेचर जियोसाइन्समा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कूल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ । अन्वेषकहरूले अमेजन बेसिनले विश्वको नदीको पानीको लगभग ३८ प्रतिशत समावेश भएको अनुमान गरेका छन् । यो कुनै पनि जलविज्ञान क्षेत्रको मूल्याङ्कन गरिएको सबैभन्दा धेरै हो ।

पृथ्वीको जलचक्रमा मानव प्रभावको मापनमा सुधार गर्न सकियोस् भनेर अध्ययनका अनुमानहरूको तुलना अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफी (एसडब्ल्युओटी) उपग्रहको डाटाबाट गर्न सकिने नासाले शुक्रबार बताएको छ । सतही जल र महासागर टोपोग्राफी नासा, फ्रान्सेली अन्तरिक्ष एजेन्सी, क्यानाडाली स्पेस एजेन्सी र युनाइटेड किङ्गडम स्पेस एजेन्सी बिचको संयुक्त सहयोग हो । यी सर्वेक्षणद्वारा सङ्कलन गरिएका तथ्याङ्कहरूले विश्वभरको ताजा पानी व्यवस्थापनमा सहयोग गर्दै समुद्री परिसंचरण मोडेलहरू र मौसम पूर्वानुमानहरू सुधार गर्न सक्छन् । सन् २०२२ डिसेम्बरमा सुरु गरिएको अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफीले विश्वभर पानीको उचाइको म्यापिङ गर्ने र नदीको उचाइमा हुने परिवर्तनले भण्डारण र डिस्चार्जको मात्रा निर्धारण गर्ने तरिकाको प्रस्ताव गर्दछ । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...