पाकिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, आठ घाइते

Published on

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको चमरुक क्षेत्रमा दिउँसो स्थानीय पत्रकारको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ । विस्फोटमा पत्रकार र अन्य दुई जनाको ज्यान गएको थियो भने घटनास्थलमा रहेका अन्य आठ जना घाइते भएका थिए । घाइते सबैलाई स्थानीय अस्पतालमा लगिएको र उनीहरूको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको जारी गरिएको सिसिटिभी फुटेजले मोटरसाइकलमा सवार एक व्यक्तिले कारमा एउटा उपकरण जोडेको देखाएको छ । जसले गर्दा विस्फोट भएको बताइएको छ । अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।

सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...