कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

Published on

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

सभामुख घिमिरेले सुनसरीको वराहक्षेत्रस्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्रवर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई आइतबार सम्बोधन गर्नुहुदै उहाँले मेलामा लाखौ धार्मिक पर्यटक आएको विश्वास व्यक्त गर्नुभयो । नेपाल तथा नेपालीको पहिचानलाई मेलाले उचाइमा पुगाएको चर्चा गर्नुहुँदै उहाँले पर्यटन विकासमा योगदान पुगेको चर्चा गर्नुभयो । धार्मिक पर्यटकीय क्षेत्र भएर पनि प्रचार–प्रसार अभावमा ओझेल परेका बेला अर्धकुम्भ र महाकुम्भले धार्मिक पर्यटनमा योगदान तथा आर्थिक कारोबारमा पनि सार्थक सन्देश दिएको आफूले बुझेको बताउनुभयो । जगदगुरु अनन्तश्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्यले सभामुखलाई कुम्भ मेलाका लागि सरकारी तवरबाटै बजेट छुट्याउने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

कुम्भको नाममा अक्षयकोष स्थापना गरी अर्को ६ वर्षपछि हुने अर्धकुम्भमा बजेटको अभाव हुन दिन वतावरण मिलाइदिन पनि उहाँले आग्रह गर्नुभयो । आफूहरुको पहलमा भएको महाकुम्भ मेलामा धार्मिक, पर्यटनका कुरा मात्र नभई एक अर्बभन्दा बढीको आर्थिक कारोबार समेत भएको जानकारी गराउनुभयो । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...