कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

Published on

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

सभामुख घिमिरेले सुनसरीको वराहक्षेत्रस्थित चतरामा एक महिने महाकुम्भको विषेश अथितिको रुपमा बाह्रवर्षे पिण्डेश्वर महाकुम्भ मेलालाई आइतबार सम्बोधन गर्नुहुदै उहाँले मेलामा लाखौ धार्मिक पर्यटक आएको विश्वास व्यक्त गर्नुभयो । नेपाल तथा नेपालीको पहिचानलाई मेलाले उचाइमा पुगाएको चर्चा गर्नुहुँदै उहाँले पर्यटन विकासमा योगदान पुगेको चर्चा गर्नुभयो । धार्मिक पर्यटकीय क्षेत्र भएर पनि प्रचार–प्रसार अभावमा ओझेल परेका बेला अर्धकुम्भ र महाकुम्भले धार्मिक पर्यटनमा योगदान तथा आर्थिक कारोबारमा पनि सार्थक सन्देश दिएको आफूले बुझेको बताउनुभयो । जगदगुरु अनन्तश्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्यले सभामुखलाई कुम्भ मेलाका लागि सरकारी तवरबाटै बजेट छुट्याउने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।

कुम्भको नाममा अक्षयकोष स्थापना गरी अर्को ६ वर्षपछि हुने अर्धकुम्भमा बजेटको अभाव हुन दिन वतावरण मिलाइदिन पनि उहाँले आग्रह गर्नुभयो । आफूहरुको पहलमा भएको महाकुम्भ मेलामा धार्मिक, पर्यटनका कुरा मात्र नभई एक अर्बभन्दा बढीको आर्थिक कारोबार समेत भएको जानकारी गराउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...