आफ्नै भवनबाट सेवा प्रवाह

Published on

काठमाडौं । भूकम्पले प्रशासनिक भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गत कात्तिक १७ गते भूकम्पले जिल्ला प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । भूकम्पपछि अस्थायी टेन्ट र त्रिपालबाट कार्यालयको सेवा सञ्चालन भइरहेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) का उपआवासीय प्रतिनिधि विजय सिंहले सोमबार जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यलाई भवन हस्तान्तरण गर्नुभएको हो । ६९ लाख ५१ हजार ६५५ रुपियाँको लागतमा निर्माण भएको भवनको प्राविधिक तथा आर्थिक सहयोग युएनडिपीले गरेको हो । प्रमुख जिल्ला अधिकारी आचार्यले युएनडिपीको सहयोगमा प्रिफ्याक भवन बनेपछि कार्यालय सञ्चालनमा सहज भएको बताउनुभयो । भवन नहुँदा सेवा प्रवाहमा निकै समस्या भएको स्मरण गर्दै उहाँले सेवाग्राही उभिन र बस्नसमेत कठिनाइ भइरहेका बेला भवन बनेपछि सेवा प्रवाह सहज हुने जानकारी दिनुभयो ।

हाल निर्माण भएको भवन आगो नलाग्ने, तापक्रम नियन्त्रणमा राख्न सक्ने र भूकम्प प्रतिरोधी रहेको जानकारी गराएको थियो  । युएनडिपीका उपआवासीय प्रतिनिधि सिंहले विपत्को सामना सबै मिलेर गर्नुपर्ने बताउँदै भूकम्पका कारण भवनमा क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा समस्या देखिएपछि सहयोग गरिएको बताउनुभयो । सो अवसरमा जिल्ला प्रशासन कार्यालयले युएनडिपीलाई प्रशंसापत्र प्रदान गरेको छ । युएनडिपीका कार्यक्रम अधिकृत मनराज आचार्यलाई भूकम्पपश्चात् जिल्ला विपत् व्यवस्थापन समितिको सचिवालयमा रहेर सम्पर्क समन्वय तथा तथ्याङ्क व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो । युएनडिपीले जिल्ला प्रशासन कार्यालयका साथै जिल्लाको नलगाड नगरपालिकामा इलाका प्रहरी कार्यालय भवन, बारेकोट गाउँपालिकामा कृषि र पशु कार्यालयका भवन, रुकुमपश्चिमका आठबिसकोटमा इलाका प्रहरी कार्यालय भवन र आठबिसकोटकै १४ नम्बर वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको अधिकृत मनराज आचार्यले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...