लागूऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली

Published on

काठमाडौं । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार प्रहरीलाई देखेर लागूऔषध कारोबारी भाग्न खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो । गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी डाँगीले बताउनुभयो । परियारको तिघ्रामा गोली लागेको छ भने उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै, सोही ठाउँका २७ वर्षीय शरणबहादुर कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ खुला कारागार नजिक लागूऔषधको ठुलो कारोबार भइरहेको भन्ने सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई देखेर कारोबारी भाग्न खोजेका थिए । प्रहरीलाई देखेर भाग्न लागेका कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका लागूऔषध कारोबारीका साथबाट प्रहरीले ११४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ । खुला सीमानाका कारण बाँके जिल्लामा भारतबाट लागूऔषध भित्रिने र बाँके बर्दियालगायत विभिन्न पहाडी जिल्लामासम्म पुर्‍याउने गरिएको पाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...