मझगाउँ विमास्थल जग्गा प्राप्तिका लागि रमेश लेखक सक्रिय

Published on

महेन्द्रनगर ९ जेठ । कञ्चनपुरको महेन्द्रनगरस्थित पुर्ननिर्माण भइरहेको मझगाउँ विमानस्थल स्तरोन्नतीका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबिच बुधबार काडमाण्डौमा छलफल भएको छ ।
निर्माणाधीन मझगाउँ विमानस्थलका लागि दक्षिणतर्फ रहेको नेपाली सेनाको केही भाग जग्गा आवश्यक पर्ने भएकाले सोका लागि सहजीकरण गरिदिन प्रमुख सचेतक लेखकले मन्त्री उप्रेतीलाई ज्ञापन बुझाएका हुन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहनुभएका लेखकको टोलीमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र बेदकोट नगरपालिकाका नगरप्रमखु भोजराज बोहराको सहभागिता रहेको थियो ।
लेखकका स्वकीय सचिब जनक भट्टले मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्च स्तरमा मझगाउँ विमास्थलका लागि थप जग्गा प्राप्तीका विषयमा छलफल सकरात्मक भएको बताउनुभयो ।
“ मन्त्री र प्रधानमसेनापति ज्यूबाट विमानस्थल सम्वन्धमा सकरात्मक धारणा आएको छ ।” भट्टले भन्नुभयो–“ यो प्रक्रियागत अल्झन फुकाउन नेता लेखक सक्रिय हुनुहन्छ ।”
केही समयअघि स्थानीयहरुले विमानस्थलका लागि मझगाउँस्थित रत्न वाटिका खाली गराएका थिए ।
विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) का लागि पहल थालिएको लामो समय बितिसक्दा पनि उक्त कार्यको पुरा नहुँदा निर्माणमा बाधा पुगेको छ ।
विमानस्थलको दक्षिणतर्फ रहेको रत्न वाटिका र नेपाली सेनाको केही भू–भाग विमनस्थल स्तरोन्नतीमा मासिन जान्छ ।
रु ४५ करोडको ठेक्का दिइएको विमानस्थलको पुर्ननिर्माण ३६ प्रतिशत सकिसकेको छ ।
भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो ।
नेपाली सेनाले आफ्नो जग्गा  र विमानस्थलमा पर्ने केही भौतिक संरचना अन्यत्र उपलब्ध गराइदिन आशय व्यक्त गरेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...