रारामा दस हजारभन्दा बढी पर्यटक

Published on

काठमाडौं । मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र १९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार ५७९ पर्यटकले रारा भ्रमण गरेका हुन्।

गत वर्षको आर्थिक वर्षमा ११ हजार १९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो । गत वर्षको तुलना भन्दा यो आर्थिक वर्षमा पर्यटक बढ्दै गएको उहाँले जनाउनुभयो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट सङ्कलन भएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरी निकुञ्जले ३० लाख ६३ हजार ७९१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । राजस्वमध्ये २५ लाख ३० हजार पर्यटकबाट र बाँकी पाँच लाख ३३ हजार ७८१ दण्ड, जरिबाना, काठ दाउरालगायतबाट सङ्कलन भएको जानकारी सूचना अधिकारी धितालले दिनुभयो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्देशिका अनुसार रारा भ्रमणमा आउने आन्तरिक पर्यटकले रारामा प्रवेश गरेबापत प्रतिव्यक्ति एक सय रुपियाँ, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र त्यसै गरी सार्क मुलुकबाहिरका पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले कार्यालयले प्रवेश शुल्क लिने गरेको छ । यस्तै डुङ्गा चढ्ने प्रतिव्यक्ति पाँच सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०–४० प्रतिशतका दरले डुङ्गा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभयो । चैत, वैशाख, असोज र कात्तिक महिनामा रारा अवलोकनका लागि उत्तम मानिन्छ । गोरखापत्र

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...