राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक

Published on

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। गणतन्त्र दिवस २०८१ मूल समारोह समितिद्वारा आयोजित सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारी तथा प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तथा उपत्यकाका महानगर एवं नगरपालिकाहरूले विभिन्न सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको थियो । समारोह समितिद्वारा आयोजित सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारीलगायत सर्वसाधारणको उपस्थिति थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...