१६ जिल्लाका सीडीओका सरुवा (सूचीसहित)

Published on

काठमाडौं । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ । उपप्रधान एवम् गृहमत्री रवि लामिछानेको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापना तथा सरुवा गरिएको हो । सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, नवलपरासी पूर्वमा अरुण पोखरेल र पाँचथरको प्रमुख जिल्ला अधिकारीमा विष्णुप्रसाद कोइरालालाई पदस्थापन गरिएको छ । पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्यप्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।

भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेखबहादुर मग्रातीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, गृह मन्त्रालयअन्तर्गत १६ जना प्रजिअसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...