नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Published on

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गर्नुभएको छ ।

शुक्रबार राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिनुभएको हो । उजुरीरजाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिनुभयो । गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिनुभयो । नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन, प्रहरी सङ्गठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थाल्नुभएको हो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...