नेशनल प्याब्सनद्वारा काठमाडौ जिल्ला व्यापी हाजिरीजवाफ प्रतियोगिताको आयोजना

Published on

काठमाडौं – नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौं महानगर समितिको संयोजनमा आयोजित चौथो काठमाडौ जिल्ला व्यापी हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

काठमाडौंको धुम्बराहीमा रहेको युनिभर्सल स्कुलमा दुई दिनसम्म जारी हाजिरीजवाफ प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा दिव्य ज्ञान स्कुल प्रथम भएको छ भने ग्रीन फिल्ड सेकेन्डरी स्कुल द्वितीय भएको छ । यस्तै तृतीय कान्तिपुर इङग्लिस एकेडेमी भएको छ भने चौथो न्यू भिजन स्कुल भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो हुनेले क्रमश १० हजार, ७ हजार, ५ हजार, ३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेशनल प्याब्सन काठमाडौ महानगरका अध्यक्ष विजय खरेलको सभापतित्व तथा काठमाडौ महानगरपालिकाका शिक्षा अधिकारी गोविन्द प्रसाद शर्माको प्रमुख अतिथित्यमा शनिवार समापन कार्यक्रममा पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा अधिकारी शर्माले  निजी विद्यालयले छात्रवृत्तिमा समेत  सहभागी जनाएको सुचि महानगरमा प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै नेपालीपन झल्किने नाम राख्ने महानगरको नीतिलाई कार्यान्वयन गरेकोमा प्रशंसा गर्नुभयो । साथै नीजि क्षेत्रको लगानी सुरक्षित हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

कार्यक्रम सञ्चालन सुनिल केसी खत्रीले गर्नुभएको थियो । करिब ६० विद्यालय सहभागी उक्त प्रतियोगिता दुईदिनसम्म चलेको थियो । ६ राउण्डमा प्रतियोगिता सञ्चालन गरिएको थियो । क्वीज मास्टरको भूमिका रञ्जित गुप्ता र शर्मिला शाहीले गर्नुभएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत कुमार खड्काले वालबच्चाको भविष्य निर्माणका लागि निजी विद्यालयले पुर्‍याएको योगदान कुनै पनि निकायले विर्सिन नहुने बताउनुभयो। शैक्षिक तथा सामाजिक क्षेत्रमा एन प्याब्सनले कुनै कसर बाँकि नराखेको समेत प्रष्ट पार्नुभयो । साथै उहाँले शैक्षिक क्षेत्रमा लगानी गर्ने कुनै पनि निजी क्षेत्रको लगानीको सुरक्षा गर्न नेशनल प्याब्सन तयार रहेको आश्वासन दिदै ढुक्क भएर लगानी गर्नुको साथै बिचलित नहुन समेत आग्रह गर्नुभयो ।

यस्तै संस्थागत विद्यालयहरुले अत्यन्त कठिन समयदेखि अहिलेकाे प्रविधिकाे युगमा समेत समय सापेक्ष शिक्षा प्रदान गर्दै राष्ट्रकाे ठूलाे धनराशी बाहिरिनबाट जाेगाइ रहेकाे कुरा प्रति राज्यकाे ध्यानाकर्षण हुनु पर्ने र संस्थागत बिद्यालयले शिक्षा क्षेत्रमा पुर्याएकाे याेगदान प्रति अबमुल्यन नगर्न समेत सरकार र सराेकारवालालाइ ध्यानाकर्षण गराउनुभयाे ।

सल्लाहकार तथा नेशनल प्याब्सन केन्द्रीय सदस्य खडक बस्नेत, नेशनल प्याब्सन केन्द्रीय सदस्य भीष्म पाण्डे, नेशनल प्याब्सन काठमाडाैँ जिल्ला समिति सचिव रामबावु सेढाई, नेशनल प्याब्सन काठमाडाैँ जिल्ला समिति उपाध्यक्ष प्रेमकुमार भुजेल, नेशनल प्याब्सन काठमाडाैँ जिल्ला समिति सह कोषाध्यक्ष टंक थापा, नेशनल प्याब्सन काठमाडाैँ जिल्ला समिति सह सचिव शिवराम गिरी, नेशनल प्याब्सन काठमाडौ महानगरका वरिष्ठ उपाध्यक्ष नमराज पाण्डे, नेशनल प्याब्सन काठमाडौ महानगर सचिव सुनिल केसी खत्री, नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगरसमिति अध्यक्ष रञ्जन न्याैपाने रहनुभएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...