पानी भण्डारण केन्द्र स्थापना

Published on

काठमाडौं । आगलागीका घटना नियन्त्रणका लागि सहज रूपमा पानीको स्रोत उपलब्ध नहुने भएपछि नेपालगन्जमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ ।

नेपालगन्जमा दमकल (वारुणयन्त्र) लाई चाहिने पानीको स्रोतको व्यवस्थापनका लागि तीन वटा पानी भण्डारण केन्द्र स्थापना गरिएका स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताउनुभयो । उहाँले गुरुद्वाराअगाडि नेपालगन्जको खानेपानी संस्थान कार्यालयको खानेपानीको मुख्य लाइनमा चार लाख ५० हजार लिटर, वारुणयन्त्र कार्यालयपरिसरमा १२ हजार लिटर र नेपालगन्ज उपमहानगरपालिका–७ मा चार हजार लिटर क्षमताको पानी भण्डारण केन्द्र स्थापना गरिएको बताउनुभयो । नेपालगन्ज उपमहानगर वारुणयन्त्र शाखा प्रमुख झइनबहादुर खड्काले उपमहानगरमा तीन वटा पानी भण्डारण केन्द्र स्थापना भएपछि आगलागीका बेला पानीको समस्या केही हदसम्म समाधान भएको बताउनुभयो । दमकल प्रवेश गर्न नसक्ने साना गल्लीभित्र रहेको बस्तीमा आगजनी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राई फायर हाइड्रेन्ड’ विधि विकास गरिएको छ ।

यो विधिले इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीबाट बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिका–७ मा इनार संरक्षण गरी चार हजार लिटर पानी भण्डारण गरिएको छ । आगलागी भएको बेला दमकललाई चाहिने पानी खानेपानी कार्यालयबाट पनि प्रत्यक्ष रूपमा जतिबेला पनि भर्न सक्ने व्यवस्था गरिएको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । नेपालगन्ज सहर विकास, विस्तार र बाक्लिने क्रमसँगै यहाँ आगलागीका घटना बढ्न थालेको तथ्याङ्कले देखाएको छ । आगलागीका घटना बढ्न थालेसँगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगन्जमा अहिले सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजना सञ्चालन गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...