फिल्डिङ र ब्याटिङमा कमजोरी भए : आगामी दिनमा सुधार गर्छौँ स् कप्तान पौडेल

Published on

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ। बिहीबार टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उहाँको भनाइ थियो। उहाँले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो। उहाँले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताउनुभयो। उहाँले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले भन्नुभयो, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा। तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन। अमेरिकाको पिच तपाईँले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन। सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो। सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ। हामीले वेस्ट १५ खेलाडी लिएर गएका थियौँ। ब्याट्सम्यानलाई च्यालेन्ज थियो। ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन। बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ। फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ। ब्याटिङमा पनि सुधार गर्न जरुरी छ।’

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...