विआरआई कार्यान्वयन योजनामा हस्ताक्षर हुने

Published on

काठमाडौं । नेपाल र चीनविच बिआरआई कार्यान्वयन योजनामा छिट्टै हस्ताक्षर हुने भएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङ र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबिच परराष्ट्र मन्त्रालयमा बुधबार बिहान भएको भेटघाटका क्रममा बिआरआईको योजनालाई जतिसक्दो चाँडो अन्तिम रुप दिई हस्ताक्षर गर्ने सहमति जुटेको हो । चीन भ्रमणमा जाने नेपालीलाई निःशुल्क भिषा उपलब्ध गराउने चीनको निर्णयको स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चीन सीमामा रहेका परम्परागत १४ ओटा नाका हालसालै सुचारु भएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाल र चीनबिचमा ऐतिहासिक एवं समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक एवं सामाजिक विकासका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त अवसरमा हालै सम्पन्न नेपाल–चीन परामर्श संयन्त्रको १९ औं बैठकद्वारा परराष्ट्रमन्त्री स्तरीय संयन्त्र बनाउने सम्बन्धमा भएको निर्णयबारे उपप्रमले खुसी व्यक्त गर्नुभयो । चीनका उपविदेशमन्त्री सुनले नेपालको एक चीन नीतिको प्रशंसा गर्नुभयो । उहाँले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल र चीनबिच क्षेत्रीय एव। विश्वस्तरीय कैयौँ मुद्दामा समान धारा रहेको उल्लेख गर्दै उपविदेशमन्त्री सुनले नेपाल र चीन्बिच मित्रता र आपसी सहयोग रहेको र कुनै पनि प्रकारको असहमति नरहेको उल्लेख गर्नुभयो । भेटवार्तामा दुई देशबिचको आपसी हित तथा सहयोगका विविध विषय एवं क्षेत्रबारे छलफल भएको थियो । नेपालको औपचारिक भ्रमण सकेर चीनका उपविदेशमन्त्री सुन आजै स्वदेश फिर्ता हुनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...