एसइई परीक्षाफल : नपढी पास हुन्छु भन्ने धारणा चिरियो

Published on

काठमाडौँ । शिक्षाविद्ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को परीक्षाफलले ‘नपढे पनि पास हुन्छ’ भन्ने धारणा चिरेको विश्लेषण गरेका छन् । प्राध्यापक डा। मन वाग्लेले विगतको भन्दा यो पटक सही अभ्यास भएको बताउनुभयो । वाग्लेले भन्नुभयो, “यो यसैगरी जानुर्‍थ्यो। शिक्षा मन्त्रालयले जे गरेको थियो, गलत गर्दै आएको थियो । हामीले भन्दै आएका नै थियौँ, त्यसले विद्यार्थीलाई धेरै कमजोर बनायो । उच्च शिक्षामा गएपछि उनीहरूको पर्फमेन्स देखिएन, झन्–झन् कमजोर हुँदै गयो । प्रतिशतसँग सरोकार भएन जति पास भएका छन्, तिनीहरू क्वालिटी भएर निस्कन्छन् । यो खुसीको कुरा हो । यसका लागि शिक्षा मन्त्रालयलाई धन्यवाद दिनुपर्छ ।”

उहाँले यस पटकको एसइई नतिजाले नपढे र नपढाए पनि हुन्छ भन्ने विगतको धारणा चिरेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “यो भन्दा अगाडि के थियो भने नपढे र नपढाए पनि पास हुन्छ भन्ने धारणा बसेको थियो । त्यो धारणालाई चिर्ने काम ग‍र्यो । यो रिजल्टले अब उच्च शिक्षामा पनि सपोर्ट गर्छ भनेर सकारात्मक रूपमा लिनुपर्छ ।”

विगतको आन्तरिक मूल्याङ्कन प्रणाली र यो पटकको प्रणालीमा के फरक हो भन्ने जिज्ञासामा उहाँले खासै अन्तर नभएको र यस पटकको नतिजा सुधार्नका निम्ति अर्को पटक जाँगर आउने बताउनुभयो । वाग्लेले भन्नुभयो, “बल्ल चाहिँ हामीले सोचे अनुसारको पद्धति सुरु भएको छ । यसले गर्दा विद्यार्थीलाई पढ्ने जाँगर आउँछ अर्को सालदेखि । शिक्षकलाई पनि पढाउनुपर्ने रहेछ, नपढाई त विद्यार्थी उत्तीर्ण नहुने रहेछ भन्ने यसको इम्प्रुभमेन्ट अर्को साल देखिन्छ ।”

यता प्राध्यापक डा। विद्यानाथ कोइराला यस किसिमको नतिजा आउनुमा शिक्षक, विद्यार्थी, राजनीतिक दल सबै जिम्मेवार रहेको भन्नुहुँदै विद्यार्थीलाई सकिन्छ, सम्भावना छ भनेर अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सकिन्छ है, सम्भावना छ है भनेर प्राज्ञिक बन्ने हो भने यो बाटो, व्यावसायिक बन्ने हो भने यो बाटो जाऊ भन्नुपर्‍यो । व्यावसायिक बन्दै प्राज्ञिक बन्ने हो भने यो बाटो जाऊ भनेर तीन वटै बाटो देखाउनुपर्छ ।” पढ्ने र पढाउने चलनचल्ती नरहेका कारण यसखाले नतिजा आउनु स्वाभाविक रहेको उहाँको भनाइ छ ।

कोइरालाले भन्नुभयो, “स्वाभाविक हो । किनभने पढ्ने चलनचल्ती, पढाउने चलनचल्ती यो दुइटै नरहेपछि रिजल्ट कस्तो आउँछ रु” उहाँले विद्यार्थीले ३५ नम्बर पनि नल्याउनु भनेको एक तिहाइ पनि पढ्न जानेको छैन भनेको भएन र रु भनेर प्रश्न समेत गर्नुभयो । यस पटकको एसइई परीक्षामा ४७।८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

५२।१४ प्रतिशत विद्यार्थीले नन् ग्रेड अर्थात् ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएका छन् । एसइई परीक्षामा एक सय ८६ जनाले चार जिपिए ल्याएका भने दुई सय २१ जनाको परीक्षा रद्द भयो । नन् ग्रेड ल्याउने अधिकांश विद्यार्थीलाई के सुझाव दिनुहुन्छ भन्ने जिज्ञासामा उहाँले उनीहरूलाई गरिखाने या त पढिखाने बाटो देखाउन सक्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “एउटा चाहिँ गरेर खाने किसिमको सीप सिक्नुपर्छ । दोस्रो गरेर खाने सम्भावना छैन पढेरै खान्छु भन्ने हो भने उसले ११ मा भर्ना हुन पाउनुपर्छ । यसो गर्दा उसले ११ पढ्छ, यो ग्रेडिङ सिस्टममा जान्छ ।” कक्षा ११ मा आवश्यक क्रेडिट आवर पढ्न सक्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ । गोरखापत्र ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...