जबज स्वार्थपूर्ति गर्ने माध्यम होइन : अध्यक्ष ओली

Published on

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद ९जवज० स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताउनुभएको छ । शुक्रवार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताउनुभयो । जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताउनुभयो । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताउनुभयो । उहाँले जबजले अहिले पनि मार्गदर्शन गरिरहेको बताउनुभयो । उहाँले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्न होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन ।’ जबज हामीले भनेको मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र भएको उहाँले चर्चा गर्नुभयो । उहाँ हाम्रो नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो उहाँले थप्नुभयो, “ उहाँको अगुवाईमा भएको हुनाले जबज त कसरी छोड्ने रु भन्नेकुरा होइन । यो देशको अग्रगमनका लागि जननेता मदन भण्डारीले उहाँको अगुवाइमा यसमा धेरै अतिसयुक्ति हुनु हुँदैन । उहाँको अगुवाइमा एमालेले जनताको बहुदलीय जनवाद प्रत्युत्पादन ग¥यो ।”

जबज कुनै ध्यानबाट, तपबाट कुनै आसन, व्यायाम, ध्यान कठोर तपस्याबाट नआएको भन्दै उहाँले देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नका लागि आएको बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिव ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...